Monday, June 23, 2008

कोरियामा नेपाल मगर संघको भेला सम्पन्न

जुन २२ तारिख आईतबारका दिन सउल दोङदेमुन स्‍थित नमस्ते रेष्टुरेण्टको सभाकक्षमा नेपाल मगर संघ दक्षिण कोरियाको बृहद भेला सम्पन्न भएको छ । उक्त भेला मगर संघ दक्षिण कोरियाका अध्यक्ष श्री अप्त पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । सो भेलामा स्वागत भाषण मगर संघका उपाध्यक्ष श्री राजु दर्लामी मगरले गर्नु भएको थियो भने सञ्‍चालन सचिव गगन पुनले गर्नु भएको थियो । सो बृहद भेलाले कोषाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति गठन गर्नुका साथै सम्पूर्ण मगरहरुलाई संगठीत गर्ने उद्देश्यले निश्‍चित मिति तोकी बनभोज कार्यक्रम गर्ने निर्णय गरेको छ ।

उक्त भेलामा पूर्व मगर संघका सहसचिव तथा जनजाति महासंघका महासचिव उमेश लाटा मगरले जातिय समानता बिना देश विकाश हुन सक्तैन र त्यसको लागि जातिय संघ संस्थाले पनि राजनितिक अवधारण राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो । भेलालाई सम्बोधन गर्दै पूर्व अध्यक्ष श्री झक थापा मगरले जातिय विकास नभएसम्म देश विकास नहुने धारण राख्नु भयो । उक्त सभामा वरिष्ट उपाध्यक्ष खड्ग पून लगायत सह-सचिव नन्द पुनद्वारा पनि आ आफ्नो मन्तब्य राख्‍नु भएको थियो ।


 

Posted by FNJ Korea नेपाल पत्रकार महासंघ द कोरिया at 05:42:23
Comments

Leave a Reply