नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको जलपान कार्यक्रम
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको गत शनिबार दक्षिण कोरियाको राजधानी सउल स्थित पुजा रेष्टुरेन्टमा संस्थाका सल्लाहकारहरु समेतको उपस्थितीमा बसेको औपचारिक बैठकद्धारा बिभिन्न निर्णयहरु गरेको छ ।
संस्थाका उपाध्यक्ष श्री रघु त्रिपाठीको अध्यक्षतामा बसेको उक्त बैठकको निर्णय अनुसार यहि जुलाई ७ तारिखका दिन नेपाली सम्पर्क समितिको संयोजकत्वमा हुन लागेको दिपक बिष्ट सम्मान तथा बिदाई कार्यक्रमको अवसर पारी सोही दिन आफ्ना सम्पुर्ण संजीकृत सदस्यहरुलाई निम्तो गरी एक परिचयात्मक जलपान कार्यक्रम गर्ने भएको छ ।
सोही दिन संस्थाको कार्यसमिति पनि बिस्तार गरिने कुरा उक्त संघका कोषाध्यक्ष श्री दिनेश हिराचन ज्युले जनाउनु भएको छ साथै वहांले उक्त दिन नेपाल पत्रकार महासंघका सम्पुर्ण सल्लाहकार समितिका पदाधिकारीहरु तथा प्रथम अधिवेशनबाट नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको सदस्यता प्राप्त गर्नु भएका सम्पुर्ण संजीकृत सदस्यहरुलाई उक्त जलपान कार्यक्रममा उपस्थित भै दिन हुनको लागि समेत अनुरोध गर्नु भएको छ ।
Posted by
at
06:05:39