Sunday, June 22, 2008

चीन सरकारको विशेष आग्रहमा स्वतन्त्र तिब्बत आन्दोलनका नाइके गिरफ़्तार

एस के नेपाल न्यूज सर्भिस। चीन सरकारको विशेष आग्रहमा नेपालमा फ़्री तिब्बतको आन्दोलनलाई चर्काउने मुख्य तीन व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको थाहा भएको छ

सरकारको कडा निर्देशनपछि प्रहरीले ती व्यक्तिहरूलाई पक्राउ गरी सार्वजनिक सुरक्षा ऐन अन्तर्गत कारबाही अगाडि बढाएको छ । स्वतन्त्र तिब्बत पक्षधरले राजधानीको चिनियाँ दूतावास भीषा शाखा र राष्ट्रसंघ भवन अगाडि केही महिना यता दिनहुँजसो प्रदर्शन हुँदै आएको थियो ।

पक्राउ पर्नेहरूमा कल सङचु नमाङ साङ्वो र टासी डोल्मा रहेका छन् । तिनीहरूलाई बौद्ध र स्वयम्भूबाट पक्राउ गरिएको बताइन्छ । चिनियाँ राजदूतले पटकपटक प्रधानमन्त्रीलाई भेटी चीन विरोधी आन्दोलन रोक्न आग्रह गर्दै आएको थियो । 

Posted by FNJ Korea नेपाल पत्रकार महासंघ द कोरिया at 05:59:28
Comments

One Response to “चीन सरकारको विशेष आग्रहमा स्वतन्त्र तिब्बत आन्दोलनका नाइके गिरफ़्तार”

  1. Anonymous says:

    Free Tibet~

Leave a Reply