चुसकमा पत्रकारहरुको “‘हिमालयन सांस्कृतिक धमाका”
दक्षिण कोरियामा बढ्दो समस्या प्रति सन्चार कर्मीहरुको चिन्ता
सरोज खड्का ,सिओल ,कोरिया।
कोरियामा रहेका नेपालीहरुले भोग्नुपरेको बिभिन्न किसिमका बढ्दो समस्या प्रति चिन्ता ब्यक्त गर्दै यंहा क्रियाशिल पत्रकारहरुद्वारा एक जुट भई समस्या समाधनमा लागि पहल कदमी लिने प्रतिवद्दता व्य्क्त गरेका छन्। २९ तारिक आइतवार नेपाल पत्रकार महासंघ कोरिया शाखाले राजधानी सिओल स्थित दूतावासको सभाहलमा आयोजना गरेको ‘कोरियामा नेपाली मिडिया र पत्रकारको भूमिका’ बिषयक एक अन्त्रक्रिया कार्यक्रममा कोरियाबाट सन्चालित अनलाइन मिडियाका सन्चालक ,सम्पादक तथा अन्य क्रियाशिल पत्रकारहरूले यस्तो प्रतिवदता व्यक्त गरेका हुन्। उक्त अन्त्रक्रियामा सहभागी पत्रकारहरूले कोरियामा नेपालीहरूले भोग्नु परेको समस्यालाई कसरी उजागर गर्ने ,समस्या समाधानमा कसरी पहल कदमी लिने भन्ने बिषयमा व्यापक छलफल गरेका थिए।
सुचनाकै माध्यमबाट पनि देखिएका समस्याहरुलाई न्यूनिकरण गर्न सकिने बताएकाछन् ।

उक्त अन्त्रक्रियामा आफ्नो धारणा राख्दै प्रमुख सल्लाहकार रघु त्रिपाठीले सम्पूर्ण मिडियाकर्मी साथीहरुबीच सहकार्य गर्न सकिने र त्यसका लागि सबले आफ्नो अहमतालाई बिर्सेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले संसारकै दोश्रो महंगो शहरमा बांचेर नेपालीहरुका तर्फबाट र नेपालका लागि सामाजिक, राजनितिक र अनुसन्धानको क्षेत्रमा भएका गतिविधीहरुलाई उजागर गर्दै पत्रकारिता मार्फत जनसेवा गर्न पत्रकारहरुलाई अत्यन्त कठीन रहेको समेत बताउनुभयो । प्राय सबै पत्रकारहरु मजदुरीलाई प्रमुख पेशा मानि रातविरात समाचार संकलन गर्न र सबै क्षेत्रमा उपस्थित हुन असमर्थ भएको बाध्यतालाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने तर्फ पनि सबैको ध्यान जानुपर्ने बताउनुभयो । यसै क्रममा पत्रकार महासंघ कोरिया शाखाका सचिब अशोक मैनालीले पत्रकार संघको तत्वावधानमा कोरियामा रहेका धेरै जिम्मेवार संघ संस्था र सबै नेपालीहरुको सन्तुलित समाचार प्रवाह गर्न गराउन को कसले के कस्तो भूमिका निर्वाह गर्नु पर्ला भन्ने विषयमा ब्यापक छलफल हुनु पर्नेमा जोडा दिनुभयो । कार्यक्रमा पत्रकार गोपाल संग्रौलाले समाचार लेख्दा सबै पक्षलाई सन्तुलनमा राख्नुपर्ने बताउनुभयो । उहाँले सुचनाको माध्यमले नेपाली समाजलाई सुसुचित गर्न नेपाली राजदुतावासको महत्वपूर्ण भूमिका रहने र बढ्दो संख्यामा रहेका कोरियाबासी नेपालीहरुको पारस्परिक सद्भावना बढाउन दूतावासले पनि सन्चारकर्मीलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आफ्नो बिचार राख्दै महासंघका कोषाध्यक्ष पुष्पराज लामिछानेले सबै मिडियाहरु एकआपसमा हातेमालो गरी अघि बढ्न सके सम्पूर्ण पत्रकार मित्रहरुले फरक फरक विषयवस्तुलाई समेटेर समाचार संकलन हुन सक्ने र समाचारको प्रभावकारीता बढ्ने विचार राख्नुभयो ।
महासंघ केन्द्रिय पार्षद पुरु जोशीले पनि समाचार लेख्दा पहिला सत्य तथ्य बुझेर मात्र लेख्नुपर्ने र समाचारको प्रभावकारीतामा विचार पु¥याएर मात्र समाचार राख्न सके कोरियामा रहेका पत्रकारहरुको प्रभावकारीता झल्कने विचार ब्यक्त गर्नुभयो ।
पत्रकार महासंघका पूर्व कोषाध्यक्ष गिरिराज कुँवरले अनलाइन मिडियाले समाचार राख्ने क्रममा समन्वय हुन नसक्दा विभिन्न समस्याहरु देखिने गरेको बताउदै “मिडियाका साथीहरुले एक आपसमा स्वच्छ प्रतिस्पर्धा गरेर बिगतका कमी कमजोरीहरुलाई शुन्यमा ल्याउनुपर्ने बताउनु भयो ।
यसैगरी केन्द्रिय पार्षद मिन प्रकाश उप्रेतिले पनि समाचार लेख्ने क्रममा मिडियाका साथीहरुले एक आपसमा सहकार्य गरेर अगाडि बढ्न सके राम्रो हुने बताउनु भयो ।
पत्रकार रामु लम्सालले नेपाल पत्रकार महासंघ कोरिया शाखाले नेपालका दुर्गम जिल्लाहरुमा शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई सहयोग गर्नका लागि भुमिका खेल्न सके अझ राम्रो हुने विचार व्यक्त गर्नुभयो । अन्त्यमा, शाखा अध्यक्ष खेम कार्कीले सबै सुझाव र जिज्ञासाहरुको लिखित रुपमै टिपोट गर्दै महासंघको भूमिका सम्बन्धि गहकिला सुझाव दिने सबै सन्चारकर्मीहरुलाई धन्यवाद दिनु भएको थियो । उहाँले महासंघको काम कारवाही सुधार गरी सन्चारकर्मीहरुलाई सहयोगपुर्याउन तत्पर रहेको बताउनुभयो ।
रक्तदान कार्यक्रम स्थगित /सांस्क्रितिक कार्यक्रमको तयारीमा जुट्ने
त्यसैगरी उक्त भेलाले मई २७ मा गर्ने भनिएको रक्तदान कार्यक्रम हाललाई स्थगन गर्दै ‘परोपकार तथा श्रमजिवी पत्रकार कल्याण कोष’को लागि आगामी चुसक ३० तारिख आईतबार आयोजना गरिने ‘हिमालयन सांस्क्रितिक धमाका’को लागि सम्पुर्ण ध्यान केन्द्रित गरिने निर्णय पनी गरिएको छ ।
आईतबारको दिन रक्तसंचार केन्द्रबाट प्रतिनिधि नआउने हुदा रक्तदान कार्यक्रम स्थगित गर्नुपरेको र यसबारेमा आवश्यक गृहकार्य र संघ संस्था संग समन्वय गरि थप योजना बनाईने छ ।
केही रिक्त पद पूर्ती
त्यही दिन शाखा अध्यक्ष खेम कार्कीको अध्यक्षतामा बसेको बैठकले केही रिक्त पद पूर्ती पनी गरेको छ। जसमा शाखाको सद्स्यहरुमा रामु लम्साल र किशोर कोइरालालाईमनोनित गरिएको छ भने केन्द्रीय पार्षदमा विनोद पौडेलको नाम सिफारिस गरी महासंघ केन्द्रमा पठाउने निर्णय गरिएको छ ।
संघलाई अझ कि्रयाशिल बनाउन विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा æसंघ संस्था समन्वय समिितÆ बनाईने भएको छ । संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल गरी समितिको व्यक्तिहरु चयन गरिने छ ।
